रामबनको श्रीमद्भागवतमा ६ लाख उठ्यो

ए वान डेस्क
२७ माघ २०७५, आईतवार १०:४७

ए वान डेस्क /

बाराको जीतपुसिमरा उप–महानगरपालिकामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा ६ लाखभन्दा बढि रकम संकलन भएको छ । आयोजक मुल समारोह समितिका संयोजक कुवेर न्यौपानेका अनुसार महायज्ञमा ६ लाखभन्दा बढि रकम संकलन भएको हो ।

वडा नम्बर ३ स्थित रामबनमा आयोजित महायज्ञमा ६ लाख २० हजार ४ सय रुपैया संकलन भएको संयोजक न्यौपानेले जानकारी दिनुभयो । महायज्ञमा सबैभन्दा बढि सिमराका समाजसेवी ओमकृष्ण कार्कीले ५१ हजार रुपैया दान गर्नुभएको थियो ।

महायज्ञको समापन कार्यक्रममा बोल्दै वडा नम्बर ३ का वडा अध्यक्ष धर्मले सबै समुदायलाई जोड्ने बताउनुभयो । उहाले उदेश्य अनुरुप काम हुनेमा आफु बिश्वस्त रहेको बताउनुभयो ।

यस्तै जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले महायज्ञमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । मुसहर्नीमाईम्ाँ रहेको क्रियापुत्री भवनको पुर्वाधार निर्माण गर्ने उदेश्यका साथ राबनमा महायज्ञ आयोजना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*