अमलेखगञ्जमा अनमोल साकोसको निशुल्क स्वास्थ्य शिविर

ए वान डेस्क
२७ माघ २०७५, आईतवार १८:४६

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २१ मा रहेको अनमोल बचत तथा ऋण सहकारी संस्था लिलिमटेडले निशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको छ । अमलेखगञ्जको नेपाल राष्ट्रिय माद्यामिक बिद्यालयमा आयोजित शिविरमा १३९ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

शिविरमा ८३ जना महिला र ६५ जना पुरुषले स्वास्थ्य परिक्षण गराएका थिए । स्वास्थ्य परिक्षण गराएकाहरुलाई औषधी पनि निशुल्क प्रदान गरिएको संस्थाका अध्यक्ष बिनय साहले ए वान समाचारलाई जानकारी दिनुभयो ।

शिविरमा सिमरामा रहेको सुसप्त पोलि क्लिनिकले प्राविधिक सहयोग गरेको थियो । शिविरमा जनरल फिजिसियन, नाक कान घाटि रोग, योन रोग र मधुमेहको निशुल्क चेकजाच गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*