तराईका २२ जिल्लामा १०/१० लाख बाड्ने सरकारको तयारी

ए वान डेस्क
२४ पुष २०७४, सोमबार १८:२३

चिसोको मारमा परेका तराईका २२ जिल्लाका नागरिकका लागि सरकारले २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले हरेक जिल्लामा १० लाख रुपैयाको कम्मल, दाउरा लगायतका न्यायनो सामाग्री वितरण गर्ने निर्णय गरेको हो । गृहले सोमबा सरकारको मौज्दातमा रहेका कम्मललगायतका समाग्रीहरु पनि तत्काल तराईका २२ जिल्लामा पठाउने तयारी गरेको छ ।

गृहसचिव मोहनकृष्ण सापकोटाले आजैदेखि राहत सामग्री तराई लैजान सुरु भएको जानकारी दिनुभयो । स्थानीय विपत व्यवस्थापन समितिको सिफारिसमा राहत वितरण गर्ने निर्देशन दिइएको सचिव सापकोटाले जानकारी दिनुभयो । गृह मन्त्रालयले तराईमा स्कुललगायतका सार्वजनिक भवनमा बालबालिका र बुढापाकालाई न्यानो गरी राख्न अस्थायी सेल्टर पनि बनाउन पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*