सिमरा पब्लिकको बार्षिक उत्सवमा साहित्यकार धारावासी आउने
ए वान डेस्क /
बाराको सिमरामा रहेको सिमरा पब्लिक अग्रेजी माद्ययमिक विद्यालयको ११औ बार्षिक उत्सवमा नेपालका चर्चित साहित्यकार कृष्ण धारावासी आउनुहुने भएको छ । यही फागुन ४ गते हुने विद्यालयको बार्षिक उत्सवको उद्घाटन गर्न साहित्यकार धारावासी सिमरा आउनुहुने भएको हो ।
मदन पुरस्कारका विजेता समेत रहनुभएका धारावासीले अहिलेसम्म राधा उपन्यासका साथै चर्चित उपन्यास झोला जस्ता बिभिन्न कथा संग्रहहरु तयार पारिसक्नुभएको छ । जीतपुरसिमरा उप–महानगपालिका वडा नम्बर १ मा रहेको सिमरा पब्लिक अग्रेजी माद्ययमिक विद्यालयले आफ्नो ११औ बार्षिक उत्सव भब्य रुपमा मनाउदैछ ।
सोही दिन विद्यालयको गितसमेत विमोचन गर्ने तयारी भईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम अधिकारीले ए वान समाचारलाई जानकारी दिनुभयो । संतोष देउजाको शब्द तथा विकास पाण्डेको संगितमा तयार भएको सो गितमा नेपालकी चर्चित गायिका अञ्जु पन्त र नेपाल आईडलका निशान भट्राईको स्वर रहेको छ ।
सो गित बार्षिक उत्सवको उद्घाटन समारोहमा विमोचन गर्ने तयारी भईरहेको अध्यक्ष अधिकारीले बताउनुभयो । विद्यालयले अहिलेसम्म प्रत्यक बर्ष आफ्नो वार्षिक उत्सव बिभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तिहरुबाट उद्घाटन गर्दे आईरहेको छ ।
यसअघि विद्यालयले आफ्नो बार्षिक उत्सवमा राष्ट्रिय गितका रचनाकार समेत रहेका साहित्यकार प्रदिपकुमार राई ‘व्याकुल माइला’, साहित्यकार नयनराज पाण्डे, बरिष्ठ पत्रकार तथा साहित्यकार नारायण वाग्ले, सुविन भट्टराई लगायतलाई निमन्त्रणा गरिसकेको छ ।
बिद्यालयमा अहिले झन्डै १२०० बिद्यार्थी अध्ययन गरिरहेका छन् ।















