सिमरा शाखामा ६ जना प्रतिनिधि चयन, कहाबाट को को भए ?
ए वान डेस्क /
साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवाना अन्र्तगतको सिमरा शाखामा अहिलेसम्म ६ जना प्रतिनिधि चयन भएका छन् । नया सञ्चालक समिति चयन गर्नको लागी भएको प्रारम्भिक प्रक्रियामा ९ मध्य अहिलेसम्म ६ जना प्रतिनिधि चयन भएका हुन् ।
अन्य तिन जना प्रतिनिधि छिट्टै चयन गरिने सिमरा शाखाकी संयोजक कमला अधिकारीले ए वान समाचारलाई जानकारी दिनुभयो ।
कहाबाट को–को भए ?
बजार क्षेत्रमा रहेको ३ वटा अन्तर समुहबाट कमला अधिकारी
हुलास र पथलैया क्षेत्रमा रहेको ३ वटा अन्तर समुहबाट मञ्जु बानिया
सिमरा पानिटंयाकी क्षेत्रमा रहेको २ वटा अन्तर समुहबाट संगित पाण्डे
औराह क्ष्ँेत्रमा रहेको २ वटा अन्तर समुहबाट कोपिला पण्डित
बिसौलीया र औराहा चौधरी टोल क्षेत्रमा रहेको २ वटा अन्तर समुहबाट पुनम देवी महत्तो
बजनी क्षेत्रमा रहेको २ वटा अन्तर समुहबाट सारदा रिजाल
यस्तो छ प्रक्रिया
अहिले सिमरा शाखामा ९ वटा क्षेत्र रहेको छ । ९ वटा क्षेत्रमा २२ वटा अन्तर समुह छ । सिमरा शाखाले ९ जना प्रतिनिधि चयन गर्नुपर्ने हुन्छ । जसमध्य चयन भएका ९ जनाबाट ३ जना साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाको सञ्चालक समिति सदस्य बन्नेछन् ।
यसअघि साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाले सदस्य संख्याको आधारमा सिमरा शाखालाई ३ जना सञ्चालक समिति दिने निर्णय गरेको थियो । सोही आधारमा बिभिन्न क्ष्ँेत्रको अन्तर समुहबाट चयन भएर आउने प्रतिनिधि मध्य ३ जना सञ्चालक समितिमा जानेछन् ।















