सिमरा पब्लिकले मनायो ११औ बार्षिकोत्सव, बज्यो बिद्यालयको आफ्नै गित
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सिमरा पब्लिक अंग्रेजी माद्ययमिक विद्यालयले आफ्नो ११औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । बार्षिकोत्सव हिजो एक कार्यक्रमकाबिच बरिष्ठ साहित्यकार कृष्ण धारावासीले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै धारावासीले साहित्यीक क्षेत्रको बिकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाले त्यसका लागी बिद्यालयस्तरबाटै बालबालीका रुची अभिबृद्धी गराउने किसिमका क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
बिद्यालयका प्रधानाध्यापक बसन्त ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड हेटौडाका प्रमुख रुद्रहरी भण्डारी, ऐन प्यावसनका केन्द्रिय सचिव नारायण प्रसाद शर्मा, साहित्यकार मञ्जु बिमली, एन प्यावसनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी, प्यावसन बाराका अध्यक्ष हरिदेब खरेल लगायतको उपस्थिति रहेको थियो ।
बिद्यलायका सह–प्राधानाध्यापक सञ्जिव कुमार झाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन बिद्यालयका अध्यक्ष शालिकराम अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रमकाबिच, विद्यालयले आफ्नो आधिकारिक गित विमोचन गरेको थियो । गितको बरिष्ठ साहित्यकार कृष्ण धारावासीले विमोचन गर्नुभएको हो ।
संचार उद्यमी संतोष देउजाको शब्द र संगितकार विकास पाण्डेको संगितमा तयार भएको सो गितमा चर्चित गायिका अन्जु पन्त र नेपाल आईडल सिजन १ का उपबिजेता निशान भट्टराईले स्वर दिनुभएको छ ।
बिद्यालयको आफ्नै गित सुन्न यहा क्लिक गर्नुहोस् :















