साना किसान डुमरवाना : प्रतिनिधि चयन प्रक्रिया अन्तिम चरणमा, पुरुषभन्दा महिला प्रतिनिधि बढि (नामावलीसहित)
प्रदिप गौतम /
बाराको डुमरवानामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडमा प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । संस्था अन्र्तगत रहेका सबै सेवा केन्द्रमा प्रतिनिधि चयनको काम अन्तिम चरणमा पुगेको हो ।
साना किसान डुमरवाना अन्र्तगत अहिले ५ वटा सेवा केन्द्र रहेको छ । पाच वटै सेवा केन्द्रमा गरी ९५ वटा अन्तर समुह रहेको छ । ९५ वटा अन्तर समुहबाट ४३ जना प्रतिनिधि चयन हुनुपर्नेछ । तर अहिलेसम्म ४१ जना मात्र प्रतिनिधि चयन भएका छन् । प्राप्त विवरण अनुसार चयन भएका मध्य अधिकासं प्रतिनिधि महिला छन् ।
अधिवेशनसहितको साधारणसभाबाट आगामी कार्यकालको लागी सबै सेवा केन्द्रमा प्रतिनिधि चयनको काम भईरहेको हो । संस्थाको अधिवेशनसहितको साधारणसभा यही फागुन २५ गते हुदैछ ।
अधिकासं महिला प्रतिनिधि
पाचै वटा सेवा केन्द्रबाट अधिकासं महिला प्रतिनिधि भएका छन् । अहिलेसम्म पाच वटा सेवा केन्द्रबाट ४१ जना मात्र प्रतिनिधि चयन भएका छन् । प्राप्त विवरण अनुसार २५ जना महिला र १६ जना पुरुष प्रतिनिधि चयन भएका छन् । त्यसमा पनि सिमरा सेवा केन्द्रबाट त अहिलेसम्म सबै जना महिला प्रतिनिधि चयन भएका छन् ।
सिमरा सेवा केन्द्रमा २२ वटा अन्तर समुह रहेको छ । ति मध्य ३ वटा अन्तर समुहको भने अहिलेसम्म प्रतिनिधि चयन हुन सकेको छैन् । डुमरवाना सेवा केन्द्रमा पनि ५ जना पुरुष बाहेक सबै प्रतिनिधि महिला छन् ।
निजगढमा पनि अहिलेसम्म सबै जना महिला प्रतिनिधि चयन भएका छन् । त्यहा पनि ३ वटा अन्तर समुहबाट एक जना प्रतिनिधि चयन हुन बाकी छ । कर्तवामा पनि २ जना पुरुष बाहेक सबै महिला प्रतिनिधि छन् ।
कोल्हवी सेवा केन्द्रमा भने एक जना मात्र महिला प्रतिनिधि चयन भएकी छिन् ।
यस्तो छ प्रावधान
संस्थाको पाच वटै सेवा केन्द्रमा गरी ९५ वटा अन्तर समुह रहेको छ । ९५ वटा अन्तर समुहबाट ४३ जना प्रतिनिधि चयन हुनुपर्नेछ ।
पाच वटै सेवा केन्द्रमा चयन भएका प्रतिनिधिबाट संख्यात्मक आधारमा सञ्चालक समिति टुंगो लाग्नेछ । यसअघि संस्थाको बैठकले सिमराबाट ३, डुमरवानाबाट ४, कर्तवाबाट १, निजगढबाट १ र कोल्हवीब्ाँट २ जना गरी १३ जनाको सञ्चालक समिति बनाउने निर्णय गरेको थियो ।
शाखाबाट आउने १३ जना सञ्चालक बिच नै संस्थाको नया बन्ने सञ्चालक समितिको लागी निर्वाचन हुनेछ । सोही निर्वाचनको मतपरिणामको आधारमा नया सञ्चालक समिति गठन गर्ने प्रावधान छ ।
हेर्नुहोस् नामावली
















