मौरीको विषले एचआइभी र क्यान्सरको उपचार हुन सक्ने !

ए वान डेस्क
७ फाल्गुन २०७५, मंगलवार १६:११

खुकुरीको चोट अचानोलाई थाहा हुन्छ, यो नेपाली उखान हो । यो उखानले भने जस्तै मौरीको टोकाइको पीडा त्यसले टोकेको मानिसलाई मात्रै थाहा हुन्छ । मौरीले टोकेपछि, अझ भनौं चिलेपछि हामीलाई असह्य पीडा हुन्छ, टोकेको वरिपरि भाग सुन्निएर आउँछ । कैंयन दिनसम्म जीवन अत्यन्तै कष्टकर हुन्छ ।

मौरीले टोकेपछि सुन्निनु, अत्यन्तै पीडा हुनुको खास कारण चाहिँ मौरीको टोकाइपछि हाम्रो शरीरमा प्रवेश गर्ने विष नै हो । नामै त विष, त्यसमाथि त्यसले दिने पीडा र सुन्नाइ, हामीमध्ये कोही पनि मौरीको विषको नामै लिन पनि चाहन्नौं होला ।

तर सिक्काको अर्को पाटो पनि छ । विषभन्दैमा त्यो कामै नलाग्ने चाहिँ कदापि हुँदैन । त्यो माथि महजस्तो स्वादिलो, पोषिलो खानेकुरा दिने गुनिलो जीवन मौरीको । हो, मौरीको विष पनि मानिसका लागि अत्यन्तै काम लाग्ने हुन सक्छ ।

यो कुनै हावादारी गफ वा दावी होइन । यो दावी हो वैज्ञानिकहरुको । उनीहरुले पत्ता लगाएका छन्– मौरीको विष एचआईभी र क्यान्सर जस्ता अत्यन्तै भयंकर, डरलाग्दा रोगको उपचारमा प्रभावकारी हुन सक्छ ।

हो, मौरीको विषमा पाइने विषालु तत्त्व मिलेटिन (Melittin) ले एचआइभीको भाइरसलाई नष्ट पारिदिन सक्छ, त्यो पनि शरीरका स्वस्थ कोषहरुलाई कुनै क्षति नपुर्‍याइकनै । लामो समयको अनुसन्धानपछि मिलेटिनमा एचआइभी र अन्य भाइरसलाई नष्ट गर्ने खुबी रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

खासमा, एचआइभीले आफ्नो वरिपरि एउटा बलियो सुरक्षा कवज बनाएर बसेको हुन्छ । त्यो सुरक्षा कवचले एचआइबीलाई जोगाउने काम गरिरहेको हुन्छ । रमाइलो के छ भने मौरीको विषमा पाइने त्यो विषालु तत्त्व मिलेटिनले चाहिँ एचआइभीको भाइरसलाई रक्षा गरेर बसिरहेको त्यो बाहिरी सुरक्षा कवजमा नै प्वाल पारिदिन्छ र भित्र छिरेर त्यसलाई ध्वस्त बनाइदिने गर्छ ।

यो मिलेटिनको मात्रा पर्याप्त हुने हो भने त्यसले एचआइभीको कोषलाई मनग्गे क्षति पुर्याउन सक्छ ।

यो कुराको अध्ययन गर्न अनुसन्धानकर्ताहरुले मिलेटिन विषलाई भाइरससम्म पुर्याउन मिलेटिन घोलिएको विशेष खालका सुक्ष्म कणहरु (special nanoparticles) प्रयोग गरेर हेरे । विष बोकेका ती सुक्ष्मकणहरु स्वस्थ कोषहरुलाई केही बिगार नगर्ने तर एचआइभीका कोषहरुलाई चाहिँ आक्रमण गर्ने गरी बनाइएका थिए । ती सुक्ष्म कणहरुमा विशेष खालका बम्परहरु डिजाइन गरिएका थिए, जसको काम मिलेटिनलाई सुरक्षा प्रदान गर्ने हुन्थ्यो ।

त्यस वम्परले सामान्य अवस्थाका कोषहरुमा चाहिँ ठोक्किएर तिनलाई कुनै क्षति नपुर्याइकनै फर्कने तर सामान्यभन्दा सानाखालका कोषहरुमाथि चाहिँ जाइलाग्ने गर्थे । एचआइभीको कोष सामान्य कोषभन्दा सानो हुने भएकोले त्यसलाई उक्त किसिमले डिजाइन गरिएको थियो ।

त्यसरी मौरीको विष बोकेको सुक्ष्मकणहरुले एचआइभीलाई भेट्याएपछि चाहिँ बम्परहरुको बीचबाट चिप्लिँदै गएर त्यसको कोषमाथि रहेको सुरक्षा कवचसँग घुलमिल हुन पुग्थ्यो, त्यसमा प्वाल पारिदिन्थ्यो र अन्ततः भाइरसको कोषलाई नै नष्ट पारिदिन्थ्यो ।मौरीको विषको मद्दतले आक्रमण गरिदिन्थ्यो ।

ख्याल गर्नुपर्ने कुरा के छ भने, अहिलेसम्म बनेको अधिकांश एचआइभीप्रतिरोधी औषधीहरुले मुख्यतः एआइभीको फैलिन सक्ने क्षमतालाई कमजोर पार्ने अथवा त्यसलाई फैलिनबाट रोक्ने कुरामा बढी केन्द्रीत छ ।

त्यसबाहेक, अहिलेसम्मका एचआइभीप्रतिरोधी औषधीहरुले प्रारम्भिक अवस्थाका एचआइभीलाई पहिचान गर्न र त्यसलाई रोकथाम गर्न सक्दैन । औषधीहरुको यो कमजोरीको फाइदा उठाउँदै एचआइभीले त्यस वातावरणको अनुकूलतामा आफूलाई ढाल्छ र व्यापक रुपमा फैलिने कोशिश गर्छ ।

मिलेटिनले चाहिँ एचआइभीको भित्री संरचनामा आक्रमण गर्छ र त्यो संक्रमण फैलिनभुन्दा पहिल्यै त्यसलाई मारिदिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*