जीतपुरसिमरामा बारा प्रशासनको ‘छड्के अनुगमन’
ए वान डेस्क /
जिल्ला प्रशासन कार्यालय बाराले आज जीतपुरसिमरा उप–महानगरपालिकाभित्र रहेका बिभिन्न सरकारी कार्यालयको छड्के अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलको नेतृत्वमा खटिएको एक टोलिले आज दिउसो सरकारी कार्यालयको छड्के अनुगमन गरेको हो ।
टोलिले बजनीमा रहेको मालपोत कार्यालय, नापि कार्यालय र सिमरामा रहेको जिल्ला वन कार्यालयमा छड्के अनुगमन गरेको हो । छड्के अनगुमन गर्दे बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले निश्पक्ष रुपमा जनताको सेवा गर्न मातहतका प्रमुखलाई आग्रह गर्नुभयो ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले कर्मचारीको उपस्थिति, कर्मचारीको काम कारर्वाही, राजश्व संकलनको अवस्था लगायतका बिषयमा जानकारी लिनुभएको थियो । सो क्रममा मातहतका कार्यालय प्रमुखहरुले काम कारर्वाही प्रभावकारी ढंगले अघि बढेको बताए ।
अनुगमनका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सानुराम भट्राई, सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापा, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुभाष हमालले लगायतको उपस्थिति रहेको थियो ।















