जीतपुरसिमरामा एउटाको जग्गा अर्कोले किर्ते गरेर खान खाजेपछि …..
ए वान डेस्क /
ईलाका प्रहरी कार्यालय सिमराले नक्कली लालपुर्जा र नागरिकता बनाउने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी नीरिक्षक सुभाष हमाल नेतृत्वको टोलिले बिशेष सुचनाको आधारमा दुई जनालाई मालपोत कार्यालय सिमराबाट पक्राउ गरेको हो ।
नक्कली लालपुर्जा र नागरिकता बनाई जग्गा बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कलैया उप–महानगरपालिका वडा नम्बर २३ निवासी अमित मेहता र विरगञ्ज महानगरपालिका वडा नम्बर १२ निवासी रघुनाथ प्रसाद साह रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले सरकारी कार्यालयको सम्पुर्ण छापहरु बनाई किर्ते गर्दे आएका थिए । प्रहरी स्रोतका अनुसार उनीहरुले विरगञ्ज महानगरपालिका वडा नम्बर ६ निवासी रवि क्यालको जग्गा अर्कैलाई बेच्न लागेका थिए । क्यालको नाममा रहेको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २० को किता.नं.६२८ को ०-९-१० र किता नं.६२९ को ०-८-११ नं.को जग्गा अर्कैलाई बेच्न लागेका थिए ।
नागरिकता, जग्गा धनी दर्ता प्रमाण पुर्जाको समेत किर्ते गर्दे आएका उनीहरुबाट जग्गा धनिपुर्जा, किर्ते नागरिकता र रजिष्टेशन फारम बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनाको बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।















