बिद्यालयले मनायो प्रजातन्त्र दिवस, दुई शिक्षक सम्मानीत
बाराको कोल्हबी नगरपालीका ८ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयले आज एक कार्यक्रमका बिच प्रजातन्त्र दिवस मनाएका छ । दिवसको अवसरमा देशका नाममा बलिदानी दिने वीर सहिदहरुको सम्झनामा बिद्यालयले बिभिन्न कार्यक्रमको आयोजना गरेको हो ।
बिद्यालयले दिवसका अवसरमा सडक रयाली सहित साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै नगर कार्यपालीका वडा नम्बर ८ का वडा अध्यक्ष सार्थक पौडेलले कोल्हबी नगरपालीकाको केन्द्रमा रहेको यस बिद्यालयलाई आफुँले नमुना बिद्यालयका रुपमा बिकास गर्ने प्रतिबद्धता जनाए ।
हालै नगरपालीकाले जारी गरेको नगर शिक्षा ऐनको बिरोधमा रहेका केही बिद्यालय सम्बद्ध पक्षको असन्तुष्टी बारे बोल्दै उनले बिद्यालयमा राजनैतिक दाउपेच पोख्न नहुने धारणा राखे । सबैलाई सहकार्य गरेर अगाडी बढन आग्रह गर्दै पौडेलले बिद्यालयको बिकासमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए ।
हालैमात्र नगर शिक्षा ऐनको आधारमा बिद्यालयका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्षमा चयन भएका मिलन हमालले बिद्यालय ब्यवस्थापनको जिम्मेवारीलाई सफलतापुर्वक सम्हाल्ने बताए । देश संघियता कार्यान्वयनको चरणमा रहेको भन्दै परिक्षणमा रहेका नगरका ऐनहरुलाई वडाबासीहरुले बिरोध नगरी साथ र समर्थन गर्न आवस्यक रहेको बताए ।
कार्यक्रममा बौद्धिक वर्ग, बिद्यालय ब्यवस्थापन समिती परिवार, अभिभावक,शिक्षक, बिद्यार्थी, सहकारीकर्मी, समाजसेवी लगाएतको उपस्थिती रहेको थियो ।
दुई शिक्षकलाई सम्मान
कार्यक्रममा दुई शिक्षकलाई दिवसकै अवसर पारेर बिदाई तथा सम्मान कार्यक्रम समेत गरिएको छ । बिद्यालयमा २५ बर्ष सेवारत रहेका शिक्षक लक्ष्मण प्रसाद यावदलाई आज एक कार्यक्रमका बिच कदर पत्र सहित बिदाई गरिएको छ ।
यस्तै बिद्यालयको माध्यामिक तहमा ८ बर्ष सेवा गरेका शिक्षक कृष्ण सिग्देललाई समेत सम्मान गरिएको छ । उनले बिद्यालयमा रहँदा शिक्षक प्रतिनिधि र लेखा ब्यवस्थापनको समेत जिम्मेवारीमा थिए । सम्मानित दुई शिक्षकलाई बिद्यार्थीहरुले उपहार दिएर उज्वल भबिष्यको कामना गरेका थिए ।















