बारामा शेरबहादुर देउवालाई १५१ किलोको माला लगाईयो

ए वान डेस्क
८ फाल्गुन २०७५, बुधबार १०:३८

ए वान डेस्क /

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई बारामा भब्य स्वागत गरिएको छ । विरगञ्जको कार्यक्रममा सहभागि हुन आउनुभएका सभापति देउवालाई अघि बिहान सिमरामा भब्य स्वागत गरिएको हो ।

स्वागत स्वरुप नेपाली काग्रेस नगर कार्यसमिति जीतपुरसिमराले सभापति देउवालाई १५१ किलोको माला लगाएको छ । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन भएपछि पहिलो पटक बारा अनउनुभएका सभापति देउवालाई नगर कार्यसमितिको कार्यालयमा १५१ किलोको माला लगाईएको नगर सभापति श्यामबाबु गुप्ताले ए वान समाचारलाई जानकारी दिनुभयो ।

यसअघि नेपाली काग्रेसका नेता कार्यकर्ताहरुले सिमरा बिमानस्थलमा सभापति देउवालाई स्वागत गरेका थिए । सभापति देउवालाई स्वागत गर्न नेपाली काग्रेसका सासंददेखि जनप्रतिनिधिसम्म सिमरा बिमानस्थल पुगेका थिए ।

सभापति देउवालाई सिमरा बिमानस्थलमा स्वागत गर्दे नेता कार्यकर्ताहरुले नेपाली काग्रेस जिन्दावाद जस्ता नारा लगाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*