वीरगञ्जमा लागुऔषधसहित एक युवक पक्राउ

ए वान डेस्क
१० फाल्गुन २०७५, शुक्रबार १४:४५

सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिकाबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पर्साको ठोरी गाउँपालिका ५ सुवर्णपुर बस्ने ३५ बर्षका अनुप लामा पक्राउ परेका हुन् ।

वीरगञ्ज महानगरपालिका १६ नगवामा चेकजाँचका क्रममा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिर्सियाको टोलीले लामालाई लागु औषध इन्जेक्सन र ट्याबलेटसहित पक्राउ गरेको थियो ।

लामाको साथबाट फेनारगन, डाइजेपाम र नुर्फिन ३७/३७ एम्पुल, नाइट्रोभेट ट्याबलेट १५ पिस र सुई एक थान बरामद भएको सशस्त्र प्रहरी निरीक्षक जीवनबहादुर मल्ल ठकुरीले जानकारी दिए ।

लागुऔषधसहित लामालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*