एक बर्षमा ठुलोे उपलब्धी हासिल गर्यौ : बिजाम

ए वान डेस्क
१० फाल्गुन २०७५, शुक्रबार १६:२३

ए वान डेस्क /

बिद्यार्थी जागरण मञ्च बिजामले आफ्नो कार्य क्षेत्रमा सक्रियताका साथ काम गरिरहेको जनाएको छ । बाराको सिमरामा आज आफ्नो कार्य प्रगति प्रस्तुत गर्दे बिजामले आफ्नो कार्य क्ष्ँेत्रमा सक्रियताका साथ काम गरिरहेको जनाएको हो ।

सरोकारवालासंगको भेटघाटमा आफ्नो कार्य प्रगति प्रस्तुत गर्दे बिजाम सिमरा कार्यालयका कार्यक्रम अधिकृत तपेन्द्र शाहीले लागु पदार्थ क्षेत्रमा बिजामले एक बर्षमा ठुलो उपलब्धी हासिल गरेको बताउनुभयो । उहाका अनुसार एक बर्षमा बिजामले ९९० लागु औषध प्रयोगकर्ताको काम गरेको छ ।

जसमा ९४० जनाको प्रत्यक्ष रुपमा शारिरिक परिक्षण गरिएको शाहीले बताउनुभयो । गत बर्ष ९९० जनाको काम गरेको बिजामले यसबर्ष भने ११२० जनाको लक्ष्य लिएको छ ।

शाहीका अनुसार प्रत्यक महिना बिजामले ७७ जना लागु औषध प्रयोगकर्तामाथि परिक्षण गर्दे आएका छ । बिगत लामो समयदेखि बारा र पर्सालाई आफ्नो कार्य क्षेत्र बनाएर काम गर्दे आएको बिजामले रौतहट र सर्लाहीमा पनि सहयोगी भुमिका निर्वाह गरिरहेको कार्यक्रम अधिकृत शाहीले बताउनुभयो ।

ग्लोबन फण्ड/सेभ द चिल्ड्रनको सहयोगमा आफ्नो संस्थागत गतिविधि बिस्तार गर्दे आएको बिजाम एच.आई.भि को क्षेत्रमा पनि काम गर्दे आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*