रौतहटमा नेकपाका दुवै अध्यक्षले सम्बोधन गर्ने, सिमरामा बस्यो तयारी समितिको बैठक

ए वान डेस्क
१० फाल्गुन २०७५, शुक्रबार २०:४८

ए वान डेस्क /

नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै अध्यक्षले रौतहटको आमसभामा सम्बोधन गर्नुहुने भएको छ । नेकपा प्रदेश कमिटिले रौतहटको गरुडामा आयोजना गर्न लागेको आमसभामा दुवै अध्यक्षले सम्बोधन गर्नुहुने भएको हो ।

बाराको सिमरामा आज सम्पन्न नेकपा प्रदेश कमिटिको बैठकले अध्यक्ष केपि शर्मा ओलि र पुष्पकमल दहाल प्रचण्डको उपस्थितिमा फागुन २५ गते गरुडामा आमसभा गर्ने निर्णय गरेको छ । नेकपाका केन्द्रिय सदस्यहरुको बिशेष उपस्थितिमा सिमरामा आज बसेको प्रदेश कमिटिको बैठकले आमसभा भब्य रुपमा सफल बनाउने निर्णय गरेको छ ।

गरुडामा आयोजना गर्न लागिएको प्रदेश स्तरीय आमसभामा मधेशका जनतालाई पार्टीको राजनितिक र बैचारिक अवस्थाका बिषयमा पार्टीका दुवै अध्यक्षले जानकारी गराउने प्रदेश कमिटिका सदस्य समेत रहनुभएका कार्यदल सदस्य क्षेत्र बहादुर श्रेष्ठ अनिलले ए वान समाचारलाई जानकारी दिनुभयो ।

बैठकमा नेकपा प्रदेश नम्बर २ का ईन्चार्ज सत्यनारायण मण्डल, सह–ईन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेल, केन्द्रिय सदस्यहरु बलबिर चौधरी, अच्युत मैनाली, ज्वाला शाह, प्रदेश कमिटि सदस्यहरु सुन्दर बिश्वकर्मा, क्षेत्रबहादुर श्रेष्ठ अनिल, जयराम दहाल, हरि चौलागाई लाल किरण, राजन पौडेल, गिता कडेल, रबिराज दंगाल, तपेश्वर चौधरी, शिवचन्द्र कुशुवाहा जमिन, देवेन्द्र पराजुली, प्रभु यादव, छट्ठु यादव, जितेन्द्र यादव, कल्याणी चौधरी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*