बारामा सिडिओ दुर्घटना काण्ड : चालकविरुद्ध अदालतमा मुद्धा दायर

file photo
ए वान डेस्क
१२ फाल्गुन २०७५, आईतवार १९:१९

ए वान डेस्क /

बारामा सिडिओको मृत्यु हुने गरी जिप दुर्घटना भएको १ महिनापछि आज चालकविरुद्ध अदालतमा मुद्धा दायर गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार जिल्ला अदालत बारामा सरकारी वकिलमार्फत चालकविरुद्ध मुद्धा दायर गरिएको हो ।

गत माघ १२ गते जीतपुरसिमरा उप–महानगरपालिकाको पसाहा पुल नजिकै रोकिराखेको ट्याक्टरमा जीप ठोक्किएर ठुलो दुर्घटना भएको थियो । दुर्घटनामा सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो भने बाराका प्रमुख जिल्ला अधिकारी गंभिर घाईते भएका थिए ।

गंभिर घाईते गणेश भट्टराईको काठमाण्डौमा उपचारको क्रममा फागुन पहिलो साता मृत्यु भएको थियो । दुर्घटनामा सिडिओका सवारी चालक जगत नारायण राउत कुर्मी र दुईजना अंगरक्षक पनि घाइते भएका थिए ।

पसाहामा भएको सवारी दुर्घटना संकास्पद देखिएपछि घाईते सवारी चालक कुर्मीलाई प्रहरीले सामान्य उपचारपछि आफ्नो नियन्त्रणमा लिएको थियो । बिगत २२ दिनदेखि प्रहरी नियन्त्रणमा रहेका कुर्मीलाई आज जिल्ला अदालत बारामा सवारी ज्यान मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रंजित सिंह राठौरले ए वान समाचारलाई जानकारी दिनुभयो ।

राठौरका अनुसार कुर्मीविरुद्ध भोलिदेखि अदालतमा बहस शुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*