सिमराको मालपोत कार्यालयमा नया फारम : सामान्य नागरीकले कसरी भर्ने ?
ए वान डेस्क /
पहिलेको फारम ‘ए ३’ अर्थात झण्डै नाङ्लोकै आकारको छ । सामान्य नागरिकका लागि असहज हुने गरी बनाइएको कारण पनि पुरानो फारम भर्न कसैले आँट गर्दैनन् ।
विवरण भर्ने ठाउँरु पनि प्रशस्त राखिएका छन्, नाङ्ले फारममा । यस्ता फारममा कता के भर्ने, कता के नभर्ने, कुन–कुन सेवाग्राही र कार्यालयको प्रयोजन हो भन्ने केही खुल्दैन । ७ ठाउमा ल्याप्चे ठोक्नुपर्छ ।
यसको सट्टामा अब सामान्य लेखपढ गर्न सक्ने नागरिक जो कसैले पनि भर्न सक्ने फारम ल्याइएको छ । फारमका जटिल पक्षलाई हटाइएको र यसलाई कम्प्युटरबाट सजिलै भर्न पनि सकिन्छ । लिखत तथा निवेदन विभागको वेबसाइटमा उपलब्ध छ ।
लिखत तथा निवेदन हातैले भर्न वा कम्प्युटर प्रिन्ट गरेर तयार गर्न सकिनेछ । नया फारम ‘ए ४’ अर्थात समान्य फोटोकपी साइजको पेपरमै प्रिन्ट गर्न सकिन्छ । फारम ३ देखि ५ मिनेटभित्र भर्न सकिन्छ ।
नया फारममा लेखापढी व्यवसायीको नाम र लाइसेन्स नम्बर पनि आवश्यक पर्दैन । नाङ्लेमा जस्तो ठाडो, तेर्सो, छड्के अनेक फम्र्याटमा बक्स बनाएर भर्ने ठाउँ राखिएका छैनन् ।
आवश्यक विवरण भर्न सरल रुपरेखामा महलहरु राखिएका छन् । फारमका धेरै महलहरु विशेष प्रयोजनका लागि मात्रै छन्, जुन अधिकांशले भर्नै पर्दैन ।
जग्गा किन्ने बेच्नेको संख्या धेरै हुदा एउटै महललाई ‘कपी’ पेस्ट गरेर धेरै वटा बनाएर राख्न मिल्ने व्यवस्था गरिएको छ । यसले गर्दा फारम छरितो भएको छ ।
फारममा उल्लेख भएका मध्ये आफूलाई आवश्यक परेको टेबलहरु मात्र राखी अनावश्यक टेबल हटाई लिखत तयार गर्न सकिनेछ । जस्तै खरिदकर्ता आफै उपस्थित भएकोमा खरिदकर्ताको वारिस भए निजको विवरण र सही छाप टेबल लिखतमा राखी राख्न आवश्यक पर्ने छैन ।
यस्तो छ नया नुमना फारम
















