पर्सामा चरेशसहित भारतीय नागरिक पक्राउ

ए वान डेस्क
१३ फाल्गुन २०७५, सोमबार १७:५५

पर्सामा प्रहरी चौकी इनर्वाले आज लागुऔषध एक किलो चरेश सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारी बस्ने २३ वर्षीय अमित मियाँ रहेका छन् । बिहान साइकलमा भारतको रक्सौलतर्फ गईरहेका बेला चेकजाँच गर्दा निज मियाले चरेश कम्मरमा बाँधेर लुकाईछिपाई लग्ने क्रममा पक्राउ गरिएको प्रहरी नायव निरिक्षक नकुलराज गौतमले बताउनुभयो ।

चरेश सहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । इनर्वा प्रहरीले एक महिना यता ३३ किलो चरेश सहित ९ भारतीयलाई पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*