जीतपुरमा फागुन २३ देखि व्यापार मेला हुने

ए वान डेस्क
१३ फाल्गुन २०७५, सोमबार २०:२२

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा दोस्रो जीतपुर बृहत खेलकुद, साँस्कृतिक एवँ ब्यपार मेला आयोजना हुने भएको छ । मेला आयोजक मुल समितीले आज जीतपुरमा पत्रकार सम्मेलन गरी एम्बुलेन्स खरिदार्थ मेला आयोजना हुन लागेको जानकारी दिएको हो ।

यसअघी फागुन १६ गतेदेखी मेला आयोजना हुने भनिएपनी बिशेष कारणबस ढिला हुन गएको भन्दै आयोजक समितीका अध्यक्ष शक्ति गुप्ताले फागुन २३ गतेदेखी मेला आयोजना गर्ने अन्तिम निर्णय भएको जानकारी दिए ।

ऐतिहासिक नगरी पृथक पहिचान, जीतपुरको शान भन्ने मुल नाराको साथ आयोजना हुन लागेको मेला चैत्र ३ गतेसम्म चल्नेछ ।

मेला आयोजनाका लागी करिब ६३ लाख ५० हजार खर्च लाग्ने आयोजक समितीले अनुमान गरेको छ ।

पत्रकार सम्ेलनमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ताले एम्बुलेन्स खरिद गरिने पबित्र उदेश्यका साथ आयोजना हुन लागेको मेलाबाट एम्बुलेन्स खरिद गर्न रकम अपुग भए बाँकी रकम आफुले जोहो गरिदिने प्रतिबद्धता जनाए ।

त्यस्तै गतसाल सम्पन्न प्रथम जितपुर महोत्सवका अध्यक्ष मनोज साहले अघिल्लो मेलाबाट आफुहरुले धेरै पाठ सिकेकाले बिगतमा आईपर्ने कमी कमजोरीलाई सच्याएर अघि बढ्न बद्दत गर्ने बताए ।

मेलामा स्थानिय बिभिन्न उद्योग प्रतिष्ठानबाट उत्पादित सामानहरुको प्रदर्शनी तथा बिक्रि, बिभिन्न जातजाती र समुदायको साँस्कृतिक झाँकीहरु, प्रतियोगितात्मक खेलकुद, बाल उद्यान तथा बिभिन्न मनोरञ्जनात्मक खेलहरु र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा मेला समितीका उपाध्यक्ष मोतिआलम अंसारी, रञ्जना झा, कृष्णा गुप्ता, सहसचिव बिबेक सराफ, पशुपती फेर एक्जीबीसन नेपालका अध्यक्ष बिद्यार्थी साह, कोषाध्यक्ष अनित बिष्ट लगायतको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*