मनहर्वामा निःशुल्क आखा शिविर, ५१६ जनाद्धारा आखा परिक्षण

पुष्प खतिवडा /
साना किशान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराले आज निःशुल्क आखा शिविरको आयोजना गरेको छ । आखा शिविरको आज एक कार्यक्रमकाबिच जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले उद्घाटन गर्नुभएको थियो । आफ्नो १५ औ स्थापना दिवसको अवसरमा आयोजित आखा शिविरमा ५१६ जनाले आखा परिक्षण गराएका छन् ।
निःशुल्क आँखा परिक्षण शिविरमा ३१५ महिला सहित ५१६ जनाले आँखा परिक्षण गराएका संस्थाकी अध्यक्ष नयनकला खड्काले ऐ वान समाचारलाई जानकारी दिनुभयो । सामुदायिक आँखा अस्पताल हेटौंडाको सहकार्यमा संस्थाले आज आखा शिविर आयोजना गरेको हो । आखा परिक्षण गराएका मध्य १३४ जनामा मोतियाबिन्दु फेला परेपछी निःशुल्क शल्यक्रियाका लागी हेटौंडा रिफर गरिएको खड्काले जानकारी दिनुभयो ।
यसअघि आँखा परिक्षण शिविरको उद्घाटन गर्दे पौडेलले सहकारीहरुले आर्थीक कारोवार बाहेक सामाजिक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । पौडेलले आगामी दिनहरुमा सहकारी मार्पmत विभिन्न सामाजिक कृयाकलाप गर्नेगरी नीति तथा कार्यक्रम बनाईएको भन्दै सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।