शितलहरका कारण बाराको जनजिवन कष्टकर

ए वान डेस्क
१ पुष २०७४, शनिबार २०:०६

शुक्रवारदेखि तराईका जिल्लामा बढेको शितलहरका कारण मध्य तराईका बारा, पर्सा, रौतहटलगायतको बिभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको छ । दुई दिनदेखि चलेको शितलहरले मानिसहरुलाई हिडडुलमा समेत समस्या भएको छ ।

धाम नलाग्ने र हावा चल्ने भएपछि चिसो बढेको हो । एक्कासी बिहान र राती बाक्लो हुस्सु लाग्न थालेपछि जाडोबाट बच्नका लागि तराईका ग्रामिण भेगमा आगो बालेर घुर ताप्न थालिएको छ । मध्य तराईमा चिसो बढेसँगै बालबालिका र बृद्धबृद्धाहरुको स्वास्थ्यमा बढी असर पार्ने गरेको छ ।

चिसोबाट बालबालिकामा निमोनिया र बृद्धाहरुमा दम खोकीको असर देखा पर्ने गरेकोले सजग भएर बस्न डा.रबिन्द्र सिंहले सर्वसाधारणहरुलाई सल्लाह दिनुभएको छ । शितलहरसँगै चलेको हावाले झन् हुस्सु र चिसो बढाएको छ ।

चिसोका कारण बाराको सदरमुकाम कलैयाका साथै जितपुरसिमरा उपमहानगरपालिकाको मुख्य बजार जितपुर र सिमरामा मानिसको चहलपहलमा कमि आएको देखिएको छ । एक्कासी बढेकाे चिसोले सिमरा विमानस्थलका उडानसमेत प्रभावित भएको सिमरा विमानस्थलले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*