‘कृ’ को ट्रेलर सार्वजनिक, फरक अवतारमा अनमोल केसी

ए वान डेस्क
२ पुष २०७४, आईतवार १०:३७

बहुप्रतिक्षित नेपाली चलचित्र ‘कृ’ को ट्रेलर सार्वजनिक भएको छ ।

माघ २६ गते रिलिज हुने तयारीमा रहेको यस चलचित्रमा नायक अनमोल केसीले दोहोरो चरित्र निभाएका छन् । ट्रेलरमा नायिका अदिती बुढाथोकी र अनमोल केसीको रोमान्स देख्न सकिन्छ । सुरेद्र पौडेलको निर्देशन रहेको यस चलचित्रमा अनमोल, अदितीका अलावा सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरसियालगायतका कलाकारको अभिनय रहेको छ ।

सुवास गिरी र भुवन केसीको निमार्ण रहेको ‘कृ’ मा रेनेशा राईको कोरियोग्राफी रहेको छ । त्यस्तै चलचित्रमा अलमोडा उप्रेती राना र विषेश पाण्डेयको संगीत रहेको छ । चलचित्रको छांयाकन भने पुरुषोत्तम प्रधानले गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*