यु १५ साफ महिला फुटबल : बंगलादेशसँग नेपाल ६–० ले पराजित
ढाकामा आज भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग ६–० गोलको फराकिलो अन्तरले पराजित भएको हो । बंगलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् भने अनुचिङ मोगिनीले दुई तथा मोनिका चक्माले एक गोल गरेपछि नेपाल फराकिलो अन्तरले पराजित भएको हो । नेपालले अब मंगलबार भारतसित र २१ गते भुटानसँग खेल्ने छ ।
आउँदो ९ गतेसम्म हुने प्रतियोगितामा ४ टिम सहभागी छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टोलीबीच फाइनल खेल हुने छ ।















