शिखर धवनको शतकसँगै भारतले श्रीलंकालाई ८ विकेटले हरायो

ए वान डेस्क
३ पुष २०७४, सोमबार ०८:३७

तेश्रो तथा निर्णायक एकदिवसीय क्रिकेटमा भारतले श्रीलंकालाई ८ विकेटले हराएको छ ।

२ सय १६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा मैदानमा उत्रेको भारतले ३२ ओभर १ बलमा दुई विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । भारतीय पारीमा शिखर धवनले नटआउट सय रनको योगदान दिए । त्यस्तै श्रेयस अय्यरले ६५ रन तथा रोहित शर्माले ७ रन तथा दिनेश कार्तिकले २६ रन बनाए । आजको जितसँगै भारतले तीन खेलको एकदिवसीय श्रृङ्खला २–१ को अन्तरले आफ्नो पोल्टामा पारेको छ ।

यसअघि भारतको विशाखापटनममा टस हारेर पहिले व्याटिङ गरेको पाहुना टोली श्रीलंकाले ४४ ओभर ५ बलमा सबै १० विकेट गुमाएर २ सय १५ रन बनाएको थियो । श्रीलंकाका उपुल थरंगाले ९५ र सदिरा समीरविक्रमले ४२ रन बनाउनुबाहेक अरु व्याट्सम्यानले गतिलो रन जोड्न सकेनन् । भारतका कुलदिप यादव र युजवेन्द्र चाहलले ३–३, हार्दिक पाण्डेयले २ तथा जसप्रित बुमराह र भुवनेश्वर कुमारले एक एक विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*