भारतसँग नेपालको लज्जास्पद हार, १०–० ले पराजित

ए वान डेस्क
४ पुष २०७४, मंगलवार १७:४६

लगातार दास्रो खेलमा लज्जास्पद हार बेहोर्दै नेपाल अन्तिम खेलअघि नै बंगलादेशमा जारी साफ यु १५ महिला फुटबल च्याम्पियनसिपबाट बाहिरिएको छ ।

मंगलबार भएको खेलमा नेपाल भारतसँग १०–० ले पराजित भएपछि फाइनल पुग्ने नेपालको सम्भावना समाप्त भएको थियो । पहिलो खेलमा आइतबार नेपाल बंगलादेशसँग ६–० ले पराजित भएको थियो ।

भारत र बंगलादेश लिग राउन्डको एक खेलअघि नै फाइनल पुगेका छन् । आजै भएको अर्को खेलमा आयोजक बंगलादेशले भुटानलाई ३–० ले हराएको थियो । भुटान पहिलो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो ।

समान २ खेल जितेका बंगलादेश र भारत फाइनल प्रवेश गर्दा दुवै खेल हारेका नेपाल र भुटान च्याम्पियनसिपबाट बाहिरिएका छन् ।

लिग राउन्डको अन्तिम दिन बिहीबार च्याम्पियनसिपबाट बाहिरिएका नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने छ भने अर्को खेल भारत र बंगलादेशबीच हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*