विरगञ्जलाई राजधानी बनाउनुपर्ने माग गर्दे आजदेखि आन्दोलन

ऐ वान डेस्क
पर्साको विरगंजलाई प्रदेश नम्बर २ को राजधानी बनाउनुपर्ने माग गर्दै नेपाली कांग्रेस र बाम गठबन्धनका युवाहरुले आजदेखि आन्दोलन शुरु गर्ने भएका छन् । वीरगंजमा हिजो सम्पन युवाहरुको भेलाले वीरगंजलाई प्रदेश नं. २ को राजधानी बनाउनुपर्ने माग गर्दै आजदेखि आन्दोलन गर्ने निर्णय गरेको तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले ऐ वान समाचारलाई जानकारी दिनुभयो ।
सिंहका अनुसार आज अपरान्ह ४ बजेबाट दवावमुलक र्याली निकालिनेछ । र्यालीले विरगञ्ज महानगर परिक्रमा गर्ने सिंहले बताउनुभयो ।
यसैबीच हिजो साझको बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तीमा बारा, पर्साका सम्पुर्ण युवाहरुलाई आज निकालिने दवावमुलक र्यालीमा सहभागी हुन आह्वान समेत गरिएको छ ।