जिल्ला शिक्षा कार्यालय बारा चैत्रदेखि खारेज हुने

ऐ वान डेस्क
चार दशकदेखि सञ्चालनमा रहेको जिल्ला शिक्षा कार्यालय बारा अगामी चैत महिनादेखि खारेजी हुने भएको छ । देश संघीय संरचनामा गएलगत्तै हालै कार्यान्वयनमा आएको स्थानीय सरकार सञ्चालन ऐनअनुसार जिल्ला शिक्षा कार्यालय बाराका जिल्लाबाट खारेज हुने भएको हो ।
स्थानीय सरकार संचालन ऐन २०७४ ऐन जारी भएको ६ महिनाभित्र विषयगत कार्यालयहरू खारेजरी हुने व्यवस्थाअनुसार जिल्लाका शिक्षा कार्यलयहरू खारेजीमा परेका हुन् । अब जिल्ला शिक्षा कार्यालयका भवन, जग्गा लगायतका भौतिक सामाग्रीहरू स्थानीय सरकारको हुने र त्यहा भएका अन्य सामग्री, अभिलेखहरू समेत स्थानीय सरकारलाई हस्तानान्तरण गरिनेछ ।