बारा प्रहरीद्धारा अबैद्य हातहतियार सहित ६ जना शार्वजनीक

ऐ वान डेस्क /
जिल्ला प्रहरी कार्यालय बाराले अबैद्य हातहतियारसहित ६ जनालाई पक्राउ गरी आज शार्वजनीक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराको कार्यालय परिषरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजकुमार बैदवारले ६ जनालाई अबैद्य हातहतियार सहित पक्राउ गरिएको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद शाहको नेतृत्वमा खटिएको प्रहरी टोलिले हिजो ६ जनालाई कोल्हवीबाट पक्राउ गरेको थियो । कोल्हवी नगरपालिका वडा नम्बर २ भलोहिखोर स्थित सडक खण्डमा निजगढबाट कोल्हवीतर्फ आउदै गरेको ना१ह ८०१५ टेम्पु जेकजाच गर्ने क्रममा प्रहरीले ६ जनाको साथबाट अबैद्य हात हतियार बरामद गरेको थियो ।
उनीहरुको साथबाट घरेलु कटुवा पेस्तोल ३ थान, ए.मा फिट हुने गोलि ७ राउण्ड, धारिलो फलामको छुरा एक थान बरामद गरिएको प्रहरी उपरीक्षक बैदवारले जानकारी दिनुभयो ।
प्रहरीले भारत बिहारस्थित सितामढी ग्राम पञ्चायत बिसनपुर गोनाही १ बस्ने असोक भन्ने पप्पु सहनी, सोही ठाउ बस्नेत प्रमोद भन्ने दिनेश दास, भारत बिहार सितामढी ग्राम पञ्चायत सोनबर्षा वडा नम्बर ७ रमेश भन्ने सञ्जय शाह, सर्लाही मलंगवा वडा नम्बर २ बस्ने दिनेशकुमार शाह सोनार, किसनपुर गाउपालिका वडा नम्बर २ बस्नेत रामसेवक महरा र ईश्वरपुर गाउपालिका वडा नम्बर ९ बस्नेत जगत महरालाई आज पत्रकार सम्मेलनमार्फत शार्वजनीक गरेको हो ।