‘तरकारीवाली’ अभिनित लम्फु बैशाख २८ मा आउने

ए वान डेस्क
५ पुष २०७४, बुधबार १६:१९

फिल्म ‘लम्फू’ले आफ्नो रिलिज मिति घोषणा गरेको छ। फिल्म २०७५ बैशाख २८ गते रिलिज हुने भएको हो। छायांकनको लागि लामो समय लागेको यो फिल्ममा तरकारीवालीको नामले चर्चित कुसुम श्रेष्ठ, नव-नायक कबिर खड्का, सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ।

तरकारीवाली उर्फ कुशुमले पनि ‘लम्फू’बाट नै चलचित्रमा डेब्यू गरेकी हुन्। कुसुम गत बर्ष तरकारीवालीको नामले चर्चित बनेकी थिइन्। उनका दुई तस्वीर सामाजिक संजालमा भाइरल भएका थिए। गोपालचन्द्र लामिछाने निर्देशित ‘लम्फू’ले एक युवाको जीवनमा आइपर्ने अकल्पनीय घटनाहरु प्रस्तुत गर्छ, जसमा प्रेमकथासमेत गौण छ।

यो चलचित्र समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुवै बनाउँछ भन्ने कथामा बनेको निर्देशक लामिछानेले बताए। फिल्ममा भूपतिको लेखन, दिपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन रहेको छ। अर्जुन पोखरेलको संगीत रहेको फिल्मका गीतमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेललगायतले स्वर दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*