Update : आगलागीको छानविन गर्न छानविन समिति गठन
विरगञ्जको सुपर ग्यास उद्योगमा आज विहान भएको आगलागी सम्बन्धी छानविन गर्न छानविन समिति गठन भएको छ । एलपी ग्यास उद्योग संघले छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन गरेको हो । समितिमा संघका निवर्तमान अध्यक्ष शिव घिमिरे, कुश मल्ली, शंकर श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र लक्ष्मी महर्जन रहेका छन् ।
५ दिन भित्र छानविन गरीसक्न समितिलाई म्याद दिइएको छ । ग्यास बुलेटबाट सुरु भएको अनुमान गरीएको सो आगजनी ४८ वर्षको पछि ग्यास उद्योगमा ठूलो आगलागी भएको पहिलो घटना हो । आगलागिबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।