इपिएलः पारसको टिम विराटनगर वारियर्सको दोस्रो जित

ए वान डेस्क
५ पुष २०७४, बुधबार १७:१०

एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको पहिलो खेलमा बुधबार विराटनगर वारियर्स विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले पोखरा राइनोजलाई ३ विकेटले हराएको हो । जितका लागि पाएको १ सय २३ रनको लक्ष्य विराटनगरले ७ विकेट गुमाएर खेल सकिन २ बल बाँकी छँदा भेट्टाएको हो ।

पारस खड्का कप्तान रहेको विराटनगरलाई जिताउन हङकङका दुई खेलाडी अंशुमन रथले ६० र बाबर हायतले २२ रन बनाए । यसअघि पहिला ब्याटिङ गरेको पोखरा राइनोजले २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

पोखराका लागि राजेश पुलामी मगरले ३० तथा इसरारुल्लाहले २१ रन बनाए । सुनिल धमला १८ रनमा आउट भए भने १८ रन बनाएका ताज वाली नट आउट रहे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*