ठुला सवारीका कारण सिमराको एयरर्पोट रोडमा दुर्घटनाको सम्भावना
ऐ वान डेस्क /
सिमराको मुख्य चोकदेखि एयरर्पोट गेटसम्म आवत जावत गर्ने ठुला सवारी साधनका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । अव्यवस्थित पार्किङ्संगै जथाभावि राखिएको बोर्डका कारण अस्तव्यस्त बन्दै गएको एयरर्पोट रोडमा ठुला सवारी साधन आवात जावत गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको हो । बिशेष गरी साझको समय एयरर्पोट रोडमा टिपर, बस लगायतका ठुला सवारी आवात जावत गर्ने गरेका छन् ।
साझको समयमा शर्वसाधारणहरु किनमेल गर्न सिमरा बजार आउने गरेका कारणपनि पनि भिड बढि हुन्छ । त्यसमाथी साझकै समयमा ठुला सवारी साधन आवात जावत गर्ने गरेका छन् । साझको समयमा टिपर बस लगायतका ठुला सवारी साधन नियन्त्रण गर्न प्रहरीले पनि चासो नदिएको भने हैन् ।
ईलाका प्रहरी कार्यालय सिमरामा प्रहरी नीरिक्षकको जिम्मेवारी सम्हाले लगत्तै भुवन कुमार भट्टले ठुला सवारी साधन आवात जावतमा रोक लगाउने प्रयास गरेका थिए । तर बिचमा चुनाव लगायत बिबिध कारणले ठुला सवारी आवात जावतमा रोक लगाउन नसकिएको भट्टले जानकारी दिनुभयो ।
ऐ वान समाचारसंग कुरागर्दे प्रहरी नीरिक्षक भट्टले भन्नुभयो ‘यहा पार्किङ स्थलपनि व्यवस्थित छैन्, निश्चित ठाउ छैन्, हामीले ठुला सवारी रोक लगाउने प्रयास गरेका हौ, तर चुनावले गर्दा सकेनौ, अब हामी उप–महानगरपालिकासंग समन्वय गरेर यो काम छिट्टै गछौ’ ।
यस बिषयमा हामीले जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेललाई फोन गरेपनि उहाको फोन लाग्न सकेन् ।