टी–२० क्रिकेटमा भारतको सबैभन्दा ठूलो जित

ए वान डेस्क
६ पुष २०७४, बिहीबार ०८:५१

श्रीलङ्कासँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत ९३ रनले विजयी भएको छ । ट्वेन्टी–ट्वेन्टी क्रिकेटको इतिहासमा रनको हिसाबले यो भारतको अहिलेसम्मकै फराकिलो जित हो ।

श्रीलंकाको कटकमा भएको खेलमा १ सय ८१ रनको लक्ष्य पछ्याएको श्रीलङ्कालाई ८७ रनमा अलआउट गर्दै भारत विजयी भएको हो । भारतका युजवेन्द्र चाहलले ४ तथा हार्दिक पाण्डेयले ३ विकेट लिएपछि श्रीलङ्का ६ जना ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पहिले ब्याटिङ गरेको भारतका लोकेस राहुलले ६१ रन बनाए भने महेन्द्रसिंह धोनी ३९ र मनिष पाण्डे ३२ रनमा नटआउट रहे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*