पुरुषोत्तम पौडेलले दिए अध्यक्ष प्रचण्डलाई बधाई

ए वान डेस्क
६ पुष २०७४, बिहीबार १२:५५

ऐ वान डेस्क /
नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पुरुषोत्तम पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई बधाई दिनुभएको छ । लाजिम्पाटमा आयोजित भेटघाट कार्यक्रममा पौडेलले अध्यक्ष प्रचण्डलाई बधाई दिनुभएको हो ।

प्रचण्डलाई बधाई दिदै अध्यक्ष पौडेलले खेल क्षेत्रको बिकास गर्न सरकारले चासो दिनुपर्ने बताउनुभयो । जवाफमा अध्यक्ष प्रचण्डले खेल क्षेत्रमा अब सरकारले लगानी गर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डलाई बधाई दिन खेलकूद महासंघका पदाधिकारीहरु लाजिम्पाट पुगेका थिए । अध्यक्ष प्रचण्डलाई खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष एम समिउल्लाह लगायतले बधाई दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*