पिलुवाबाट जसले १ करोड लिएर फरार भए …………..

पुष्प खतिवडा
ए वान डेस्क
६ पुष २०७४, बिहीबार १९:१७

जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १६ पिलुवा निवासी शोभा भनिने नानुमाया घिमिरे स्थानीयको एक करोड रकम लिएर फरार भएकी छिन् । ३६ प्रतिशतका दरले ब्याज दिने भन्दै शोभाले झुटो बोलेर स्थानीयसंग एक करोड पैसा लिएर फरार भएकी हुन् ।

 

३३ बर्षिया घिमिरेले पिलुवा स्थीत भद्रकाली शसस्त्र प्रहरी गणको गेट अगाडी तीनबर्ष अघिदेखी खाजा पसल चलाउँदै आएकीे थिईन । पसललाई आम्दानीको श्रोत देखाएर स्थानिय ब्यक्ति, वित्तिय संघ–संस्थाहरुबाट मोटो रकम संकलन गरी बेपत्ता भएपछी उनलाई ब्याजमा पैसा लगानी गर्ने सबैको पैसा डुबेको छ ।

 

पैसा डुबाउनेमा वहालवाला शसस्त्र प्रहरीका अधिकारी देखी वृद्धवृद्धा, रिक्सा चालक र गाउँका महिलाहरु परेका स्थानिय हरिदेव खरेलले बताउनुभयो । ती महिलाले सामान्य परिवारका व्यक्ति, बैदेशिक रोजगारमा रहेका पतीका पत्नी देखी जागिरदार कसैलाई नछोडको पाईयो खरेलले भने ।

 

उनी फरार भएसँगै उनका पती, छोराछोरी, आफन्त समेतले गाउँ छाडेको वडा नम्बर १६ नंं. वडा अध्यक्ष केदार बजँगाईले जानकारी दिनुभयो । पैसा गुमाएकाहरु प्रहरीकोमा जाने तयारी गरेका वडा अध्यक्ष बजगाईले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*