जीतपुरसिमरामा फेरी अर्को चुनावी रन्को

ए वान डेस्क
९ पुष २०७४, आईतवार १०:०७

ऐ वान डेस्क /
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएको २ साता नबित्दै बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा फेरी अर्को चुनावी माहोल तातिएको छ । माघको पहिलो साता हुने नगर उद्योग वाणिज्य संघको अधिवेशनका कारण जीतपुरसिमरामा फेरी अर्को चुनावी माहोल तातिएको हो ।

जीतपुरसिमरामा नगर उद्योग वाणिज्य संघको यो पहिलो अधिवेशन हुन लागेको हो । नगर उद्योग वाणिज्य संघको बैठक बसी माघको पहिलो साताभित्र चुनाव गराउने तयारी भईरहेको पुर्व अध्यक्ष रेशम तिवारीले ऐ वान समाचारलाई जानकारी दिनुभयो ।

‘पुष महिनामै अधिवेशन गर्नुपर्ने हो, तर विविध कारणले अधिवेशन हुन सक्ने स्थिति छैन्, बैठक बसेर माघको पहिलो साताभित्र अधिवेशन गर्ने गरी तयारी थालिएको छ’ तिवारीले भन्नुभयो ।

३ बर्षे कार्यकालका लागी हुन लागेको अधिवेशनले नया नेतृत्व चयन गर्नेछ । अहिले नगर उद्योग वाणिज्य संघको अध्यक्ष घनश्याम गिरि हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*