मोडलिङ क्षेत्रमा विशालको यात्रा ‘कभरदेखि मुभिसम्म’

विकाश पाण्डे
ए वान डेस्क
९ पुष २०७४, आईतवार १४:०३

मोडलिङ क्षेत्रमा पछिल्लो समय उदायमान नाम हो विशाल श्रेष्ठ । सिमरा निवासी विशालको जन्म २०५४ सालमा भयो । सानै उमेरदेखि मोडल बन्ने सोच बनाएका उनले ३ बर्ष पोखरामा कक्षा लिए । पोखरा बस्दापनि उनी आफु नाच्थेपनि अनि अरुलाई नचाउथेपनि ।

त्यसबेला देखि नै विशाल म्युजिक भिडियोमा लाग्ने तरखरमा थिए । तर विविध कारणले उनी त्यसबेला म्युजिक भिडियोमा लाग्न पाएनन् । अहिले विशाल २ बर्षदेखि म्युजिक भिडियोमा लागेका छन् ।

८ वटा कभर र थुप्रै सट मुभि विशालले खेलिसकेका छन् । ऐ वान समाचारसंग कुरागर्दे विशालले भने सानैदेखि यो क्ष्ँेत्रमा लाग्ने मैले सोच बनाएको थिए, केही गर्न सक्छु भन्ने लागे, अहिले मैले ८ वटा कभर र थुप्रै सट मुभि खेलिसकेको छु । विशेष गरी दाई जिवन श्रेष्ठको साथ, सहयोग अनि हौसला पाएका विशाल अब भने व्यवसायीक भन्ने तरखरमा छन् ।

सारा संसार

आशिक प्रजापतिको शब्द तथा विज्रेश श्रेष्ठको संगितमा बन्न लागेको नया म्युजिक भिडियो हो सारा संसार । सारा संसार बोलको गित एक साताभित्र रिलिज गर्ने तयारी भईरहेको विशालले बताए ।

यो गितलाई २ जना गायकले गायका छन् । गायक आशिक प्रजापति र जिवन लामाले यस गितमा स्वर दिएका छन् ।

नेस स्टुडियोमा रेकर्ड भएको गित गोदावरीमा सुट गरिएको पनि विशालले बताए । यो गितमा पुनम भण्डारी लेडिज मोडलको रुपमा रहेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*