प्रमुख नियुक्ति : शालिकराम अधिकारीसंग त्यस्तो नया भिजन के छ ?
ऐ वान डेस्क /
सिमरा कलेज प्रमुखमा नियुक्त हुनुभएका शालिकराम अधिकारसंग हामीले केही कुराकानी गरेका छौ
स्वागत छ ऐ वान समाचारमा तपाईलाई ।
धन्यवाद
कलेज प्रमुखमा नियुक्त हुनुभएको छ, कस्तो महशुस गर्दे हुनुहुन्छ ?
पक्कैपनि म गर्भावन्वित भएको छु । म सहायक कलेज प्रमुखमा नियुक्त भएको ३ महिना लगत्तै प्रमुखमा नियुक्त भएको छु । सिमरा कलेजमा मैले १० बर्षदेखि पढाउदै आएको छु । त्यसकारण पनि म निकै खुशि पनि छु अनि खुशिसंगै चुनौति पनि छन् ।
तपाईले चुनौति के देख्नुभएको छ ?
अब हेर्नु सबैभन्दा ठुलो चुनौती भनेको त शिक्षकहरुले झन्डै १३–१४ महिनादेखि तलब खान पाएका छैनन् । सिमरा कलेज गुणस्तरीय रिजल्ट दिन सफल भएपनि शिक्षकहरुले तलब खान नपाएको घटनाले नराम्रो सन्देश गएको छ । अब म यसको सुधार गर्छु । अहिले सबै शिक्षकलाई आश छ की मैले यी सबै समस्याको समाधान गर्छु भनेर ।
सुमन भट्टराई भन्दा शालिकराम अधिकारीसंग त्यस्तो नया भिजन के छ ?
म भर्खरै नियुक्त भएको हु । त्यस्तो नया भिजन त खासै छैन् तर शिक्षकहरुको समस्या सकाधान गर्नुनै मेरो पहिलो काम हुनेछ । आर्र्थीक अवस्था कारण निकै लज्जित बन्नु परेको अवस्था छ । अनि गुणस्तरी शिक्षाको लागी पनि म पहल गर्नेछु ।
यस क्षेत्रलाई शैक्षिक हबको रुपमा बिकास गर्नुपर्ने धारण कतिपयले राखिरहेका छन्, त्यसो त सिमरा कलेजलाई प्राविधिक शिक्षाको रुपमा बिकास गर्न तपाई के गर्नुहुन्छ ?
साच्चै यस क्षेत्रलाई शैक्षिक हबको रुपमा बिकास गर्नुपर्छ । म पनि यसको पक्षमा छु । तर अहिले भन्ने बित्तिकै हामीले सिमरा कलेजलाई प्राविधिक शिक्षाको रुपमा बिकास गर्न सक्दैनौ । यसको लागी समय लाग्छ । तर मेरो पहल भने जारी रहन्छ । प्राविधिक शिक्षालाई नै अहिले अघि बढाउन सक्दैनौ तर दिर्घकालिन योजना बनाएर भने हामी अघि बढ्छौ ।
अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा म यस समुदायका सबै व्यक्तित्वहरुलाई सकरात्मक सल्लाह र सुझाव दिन आग्रह गर्दछु । अहिलेसम्म सिमरा कलेज समुदायमा सर्मपित भएर चलेको छ आगामी दिनमा पनि यसरी नै चल्नेछ । त्यसकारणपनि सबैको साथ र सहयोगको अपेक्षा गर्दछु ।















