‘मेयर साव’ को १०० दिन पुग्न १० दिन बाकी, के छ तयारी ?
ऐ वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको औराहमा कार्तिक ११ गते आयोजित एक कार्यक्रममा मेयर डा. कृष्ण पौडेलले १०० दिनमा देखिने गरी काम गर्ने बताउनुभएको थियो । मेयर पौडेलको भनाईलाई आधार मान्ने हो भने १०० दिन पुग्न अब १० दिन मात्र बाकी छ ।
पुष २० गते सबै जनप्रतिनिधिको १०० दिन पुग्नेछ । सामान्यतया १०० दिनको कामको प्रगतिको समिक्षा गर्ने प्रचलन छ ।
जीतपुरसिमरा उप–महानगरपालिकामा पनि मेयर, उप–मेयरसहित २४ वटा वडा अध्यक्षहरुले १०० दिनको कामको प्रगति शार्वजनीक गर्ने तयारी गरेका छन् । मेयर डा. पौडेलले लिएका निति र योजना अनुसार भएका कामको प्रगति विवरण शार्वजनीक गर्न १०० दिनमा पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ ।
यता, वडा अध्यक्षहरुले पनि प्रगति विवरण शार्वजनीक गर्ने तयारी गरेका छन् ।















