सिमरामा पुष २२ गते अध्यक्षका लागी निर्वाचन हुने, निर्वाचनमा ४ जनाको लडाई

ए वान डेस्क
१२ पुष २०७४, बुधबार ०९:०८

ऐ वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको सिमरामा रहेको थानीमाई सामुदायीक बन उपभोक्ता समितिको अध्यक्षका लागी निर्वाचन हुने भएको छ । झन्डै २ सातादेखि नेतृत्व बिहिन अवस्थामा रहेको थानीमाई बन समितिको अध्यक्षका लागी पुष २२ गते निर्वाचन हुन लागेको हो ।

सर्वसम्मत गर्ने प्रयास भएपनि अध्यक्षका लागी ४ जनाले आकांक्षा देखाएपछि अन्ततः निर्वाचन नै गर्नुपर्ने अवस्था शिर्जना भएको बन समितिका सदस्य दिपक कार्कीले ऐ वान समाचारलाई जानकारी दिनुभयो । अध्यक्ष पदका लागी माधव त्रिपाठी, गोपाल शाह, बुद्धिप्रसाद पाण्डे र सोमराज उप्रेतीले दाबी गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*