थानीमाई बन समितिको अध्यक्षका लागी एउटै पार्टीका ३ जना प्रतिस्पर्धामा

ए वान डेस्क
१२ पुष २०७४, बुधबार ०९:३६

ऐ वान डेस्क /

बाराको सिमरामा रहेको थानीमाई बन उपभोक्ता समितिको निर्वाचनमा पार्टीगत लडाई नभएपनि अध्यक्षका लागी भने एउटै पार्टीका ३ जना प्रतिस्पर्धी देखिएका छन् । पुष २२ गते हुन लागेको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३ जना स्थानीय नेता अध्यक्षमा लड्न लागेका हुन् ।

अध्यक्ष पदका लागी राप्रपाका नगर अध्यक्ष माधव त्रिपाठी, नेताद्धय बुद्धिप्रसाद पाण्डे र सोमराज उप्रेती चुनाव लड्न लागेका हुन् । ऐ वान समाचारसंग कुरागर्दे उप्रेतीले भन्नुभयो ‘यो निर्वाचन पार्टीगत हैन्, यसलाई यसरी हेरिनु हुदैन्’ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*