थानीमाई सामुदायिक बनमा निर्वाचन प्रक्रिया शुरु, आज उम्मेदवारी दर्ता
ऐ वान डेस्क /
बाराको सिमरामा रहेको थानीमाई सामुदायीक बन उपभोक्ता समितिको अध्यक्ष पदका लागी आजदेखि निर्वाचन प्रक्रिया शुरु हुदैछ । आज अध्यक्ष पदका लागी उम्मेदवारी दर्ता गराउने कार्यतालिका छ ।
बिहान १० बजेपछि अध्यक्ष पदका लागी उम्मेदवारी दर्ता गराउने सकिने समितिका सदस्य बिनोद अधिकारीले ऐ वान समाचारलाई जानकारी दिनुभयो । अध्यक्ष पदका लागी हालका अध्यक्ष माधव त्रिपाठी, गोपाल शाह, बुद्धिप्रसाद पाण्डे र सोमराज उप्रेतीले आज उम्मेदवारी दिने तयारी गरेका छन् ।