पथलैयाका स्थानीय युवाहरुले आर्य समाजलाई दिए पुर्नजिवन

ए वान डेस्क
१६ पुष २०७४, आईतवार १०:४९

ऐ वान डेस्क /

लामो समयदेखि निस्कृय रहेको आर्य समाज कल्यण समितिलाई पथलैयावासीले पुर्नजिवन दिएका छन् । स्थानीय युवाहरुको अगुवाईमा आर्य समाज कल्याण समिति पथलैयाको हिजो नया कार्य समिति चयन गरिएको हो ।

पथलैयामा आयोजित युवाहरुको भेलाले कमल आचार्यको अध्यक्षतामा १३ सदस्यि नया कार्यसमिति चयन गरेको स्थानीय समाजसेवि बिष्णु भण्डारीले जानकारी दिनुभयो । नया कार्य समिति मार्फत लामो समयदेखि निस्कृय अवस्थामा रहेको आर्य समाजलाई स्थानीय युवाहरुले पुर्नजिवन दिएको भण्डारीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*