सिमरामा सिसि क्यामेरा जडान गरिएपनि सञ्चालनमा आउन सकेन्

ए वान डेस्क
२८ पुष २०७४, शुक्रबार १७:१४

ए वान डेस्क /

बाराको सिमरामा जडान गरिएको सिसि क्यामेरा पाच महिना पुग्नै लाग्दासमेत सञ्चालनमा आउन सकेको छैन् । रकम अभावका कारण सिमरास्थित पानिट्यांकी क्षेत्र वरपर जडान गरिएको क्यामेरा सञ्चालनमा आउन नसकेको हो । पानिट्यांकी आसपासका क्षेत्रमा ८ वटा सिसि क्यामेरा जडान गरिएको छ ।

८ वटा क्यामेरा जडान गर्नका लागी ५ लाख २८ हजार दिनुपर्नेमा अहिलेसम्म मात्र २ लाख २२ हजार दिईएको क्यामेरा जडान समितिका अध्यक्ष मिनप्रसाद आपागाईले ए वान समाचारलाई जानकारी दिनुभयो ।

‘रकम अभावका कारण क्यामेरा जडान भएपनि सञ्चालनमा आउन सकेको छैन्, हामी अब केही समयभित्रै सबै रकम उठाएर सञ्चालनमा ल्याउछौ’ अध्यक्ष आपागाईले भन्नुभयो । यता, उपाध्यक्ष हिरा बस्नेतले समितिको बैठक बसेर छिट्टै यस बिषयमा निर्णय लिने बताउनुभयो । आर्थिक अवस्थाकै कारण क्यामेरा सञ्चालनमा आउन नसकेको उहाले बताउनुभयो ।

पानिट्यांकी आसपासका क्षेत्रमा भदौको पहिलो साता क्यामेरा जडान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*