बारा प्रहरीको बिशेष तालिम सम्पन्न

ए वान डेस्क
२९ पुष २०७४, शनिबार ०९:०८

ए वान डेस्क /

जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण तालिम सम्पन्न भएको छ । पुष २३ गतेदेखि शुरु भएको ६ दिने बिशेष तालिम हिजो सम्पन्न भएको हो ।

तालिममा प्रहरी हवल्दार र जवानलाई प्रशिक्षण दिईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी हवल्दार ७ र २८ जना प्रहरी जवानलाई गरी ३५ जनालाई तालिम दिईएको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले तालिममा सिकेका कुरा व्यवहारमा पनि लागु गर्न आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*