जनकल्याण साकोस सिमराको नेतृत्व सर्वसम्मत, यस्तो छ नया कार्यसमिति

ए वान डेस्क
२९ पुष २०७४, शनिबार १९:०६

ए वान डेस्क /

बाराको सिमरामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः मधुसुदन सिटौला सर्वसम्मत रुपमा चयन हुनुभएको छ । संस्थाको आज सम्पन्न १५औ बार्षिक साधारणसभाले सिटौलाको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

जसको बरिष्ठ उपाध्यक्षमा कमला घिमिरे, उपाध्यक्षमा अर्जुन गौतम, सचिवमा राम प्रसाद अधिकारी, कोषाध्यक्षमा कृष्ण रिमाल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा कृष्ण सिग्देल, दिपकराज शर्मा, मदन तिमिल्सना, सरिता सुब्बा राई, बेली पाठक, निरु अधिकारी, ईन्दिरा सुवेदी र शोभा लामा चयन हुनुभएको सचिव राम प्रसाद अधिकारीले ए वान समाचारलाई जानकारी दिनुभयो ।

लेखा समितिको संयोजकमा होमबहादुर ढकाल चयन हुनुभएको छ भने सदस्यहरुमा मोहन प्रसाद पोखरेल र ईन्दु ढोडारी चयन हुनुभएको अधिकारीले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्यद्धारा उद्घाटन

यसअघि १५औ बार्षिक साधारणसभाको बारा क्षेत्र नम्बर ४ को क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दे प्रदेशसभा सदस्य बिकले समाज परिवर्तन गर्न सहकारीको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

कार्यक्रममा मेयर डा. कृष्ण पौडेल, उप–मेयर सरस्वती चौधरी, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष मधुसुदन सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका कृष्ण सिग्देलले गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाकी कमला घिमिरेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*