सिमरा खानेपानी : तिनै जना उम्मेदवारको एजेण्डा उस्तै, कसले के भने ?

ए वान डेस्क
३ माघ २०७४, बुधबार १८:१५

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको सिमरामा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नया कार्यसमिति चयन गर्नका माघ ६ गते निर्वाचन हुदैछ । समितिको अध्यक्षका लागी मात्रै ३ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागी निवर्तमान अध्यक्ष काशिम हुसेन, राजकुमार भट्राई र प्रेम बरालले उम्मेदवारी दिनुभएको छ ।

एजेण्ड उस्तै

अध्यक्ष पदका लागी उम्मेदवारी दिएका तिनै जना उम्मेदवारको एजेण्डा लगभग उस्तै उस्तै छ । मुख्यतः तिनै जनाले खानेपानी वितरणलाई प्रभावकारी बनाउने एजेण्डा लिएका छन् । घरदैलो कार्यक्रममा पनि उम्मेदवारले लगभग एउटै एजेण्डा प्रस्तुत गरेका छन् ।

खानेपानीलाई व्यवस्थित बनाउने र अधुरा काम गर्ने निवर्तमान अध्यक्ष काशिम हुसेनको योजना छ । यता, खानेपानीको व्यवस्थापन सहि ढंगले अगाडी बढाउने बाम गठबन्धनका उम्मेदवार प्र्र्रेम बरालले सोच बनाएका छन् भने स्वतन्त्र उम्मेदवार राजकुमार भट्राई सिमरामा खानेपानी वितरण प्रभावकारी बनाउने बताईरहेका छन् ।

‘सबै उम्मेदवारको एजेण्डा एउटै छ, खै कसलाई भोट दिने हो’ ए वान समाचारसंग कुरागर्दे सिमराका एक उपभोक्ताले भने ।

चुनाव जित्नेमा तिनै जना विश्वस्त

अध्यक्ष पद जित्ने तिनै जनाले उम्मेदवारले दावि गरेका छन् । अध्यक्षका उम्मेदवार राजकुमार भट्राईले सिमरा खानेपानीमा राजनिति हावि भएको भन्दै आफुले चुनाव जित्ने दाबी गर्नुभयो । ‘मैले सिमरालाई राम्रोसंग चिनेको छु र सिमराले पनि मलाई राम्रोसंग चिनेको छ, त्यसकारण यो चुनाव मैले जित्छु’ भट्राईले भने ।

यता, बाम गठबन्धनका उम्मेदवार प्रेम बरालले खानेपानीको निर्वाचनमा आफु भारी मतले विजयी हुने बताउनुभयो । ‘मलाई सबैले सहयोग गरेका छन्, यो चुनाव मैले नै जित्छु’ बरालले भने ।

यस्तै निवर्तमान अध्यक्ष काशिम हुसेनले आफुले सम्पुर्ण उपभोक्ताको साथ र सहयोग पाएको भन्दै आफुले चुनाव जित्ने बताउनुभयो । ‘उपभोक्ताले नै मलाई फेरी उठ्नुपर्छ भनेकाले म उठेको हु, त्यसकारण चुनाव जित्नेमा म बिश्वस्त छु’ हुशेनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*