बारा र पर्सामा आन्दोलन चर्कियो, जताततै सल्कियो आगो

ए वान डेस्क
४ माघ २०७४, बिहीबार ११:५५

ए वान डेस्क /

सरकारले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर तोकेपछि बारा र पर्सामा आन्दोलन चर्किएको छ । सरकारको विरोधमा सघर्ष समितिले आज बिहानैदेखि विरगञ्ज बन्द गरेको छ ।

वीरगन्जलाई प्रादेशिक राजधानी बनाउन माग राख्दै कांग्रेस, एमाले, माओवादीलगायतका दलका नेता कार्यकर्ताको सहभागीतामा गठन भएको वीरगन्ज राजधानी संघर्ष समितिले वीरगन्जको घण्टाघर चोकमा गत पुष २१ गते देखि रिले अनशन गर्दै आएको थियो । जनकपुरलाई अस्थायी राजधानी तोक्ने सरकारको निर्णय लगत्तै संघर्ष समितिको अगुवाइमा नेता कार्यकर्ताले बुधबार सँझ घण्टाघर चोकमै टायर बालेर नाराबाजी गर्नुका साथै सवारीसाधनमा तोडफोड गरेपछि आन्दोलनले उग्र रुप लिएको छ ।

आन्दोलनकारीले घण्टाघर चोकमा बुधबार साँझ सिंचाइ कार्यालयको ना १ झ २६३ नम्बरको जिपको साथै केही टाटासुमो र मोटरसाइकलमा तोडफोड गरेका छन् । वीरगन्जलाई राजधानी बनाउन माग राख्दै विगत दुई सातादेखि हुँदै आएको आन्दोलनलाई नौटंकीको संज्ञा दिएका मधेसी दल पनि बुधबारदेखि सडक संघर्षमा उत्रिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*