जाडोमा पनि हामीले राहत पाएनौ : टाङ्गियावासी

ए वान डेस्क
५ माघ २०७४, शुक्रबार १५:२०

ए वान डेस्क /

प्रत्यक दिनजसो शितलहर बढ्दै जादासमेत आफुहरुले राहत नपाएको टाङ्गियावस्तीका स्थानीयले गुनासो गरेका छन् । जिल्लामा रहेका बिभिन्न संघ–संस्था र व्यक्ति बिशेषले अन्यत्र राहत वितरण गरेपनि आफुहरुले भने यो समयमा राहत नपाएको उनीहरुले गुनासो गरेका छन् ।

‘टाङ्गियावस्तीको १४ सय घरधुरि मध्य करिव दुई सय अतिबिपन्न घर परिवारई राहतको खाचो छ’ स्थानीय समाजसेवी रमेश सापकोटाले भन्नुभयो । लामो समयदेखि बिभेद सहदै आएको टाङ्गियावस्तीले जाडोको समयमा पनि बिभेद सहनुपरेको सापकोटाको गुनासो छ ।

उहाले तत्काल राहत उपलब्ध गराउनपनि सम्बन्धीत निकायलाई आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*