जीतपुरसिमरामा मोटरसाईकल चोरीको घटना बढ्यो

ए वान डेस्क
५ माघ २०७४, शुक्रबार १६:५८

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकामा मोटरसाईकल चोरीका घटनामा बृद्धि भएको छ । गएको एक सातामा मात्र जीतपुरसिमरा उप–महानगरपालिकामा झन्डै आधा दर्जन भन्दा बढि मोटरसाईकल चोरी भएका छन् ।

तर ति मध्य केहिले मात्रै प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका छन् । त्यस मध्य अधिकासं मोटरसाईकल घरबाटै चोरी भएको बुझिएको छ ।

घरबाटै चोरी भयो मोटरसाईकल

गएराति सिमरामा पनि घरबाटै मोटरसाईकल चोरी भएको छ । स्थानीय पत्रकार गुरुप्रसाद गौतमको ना४७प ६८४२ नम्बरको पल्सर मोटरसाईकल घरबाटै चोरी भएको हो ।

‘घरमा राति १० बजे मोटरसाईलक राखेर म सुत्न गएको थिए, बिहान उठेर हेर्दा मोटरसाईकल रहेनछ’ गौतमले भने । केहि दिनअघि पनि सिमराबाटै मोटरसाईकल चोरी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*